पोखरामा बालिकालाई यौनकार्यमा लगाएको आरोपमा तीन युवती पक्राउ

पाेखरा | मंसिर ७, २०८१

पोखरामा बालिकालाई यौनकार्यमा लगाएको आरोपमा तीन युवती पक्राउ

पोखरा:   पोखरामा ४ बालिकाहरुलाई जबरजस्ती यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले तीन युवतीलाई पक्राउ गरेको छ । 

लेकसाईडस्थित स्नोल्याण्ड होटलले सञ्चालन गरेको भिषा युथ होस्टेल प्राइभेट लिमिटेडको कोठामा राखी बालिकाहरुलाई जबरजस्ती यौन क्रियाकलाप लगाएको आरोपमा प्रहरीले गएराति तीन युवतीलाई पक्राउ गरेको हो । 


बालिकाहरुलाई ललाइफकाई आर्थिक प्रलोभनमा पारेर यौन व्यवसायमा लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए । 


उनीहरुले बालिकाहरुलाई ललाईफकाई राम्रो होटलमा काम लगाईदिन्छु, तलव राम्रो हुन्छ, खानाबस्नको सुविधा छ भनेर विश्वासमा पारी कोठा बाहिर समेत जान नदिएर यौनकार्यमा लगाएको पाइएको उनले बताए । 


प्रहरीले बालिकाहरुलाई यौनकार्यमा लगाएको आरोपमा गोरखाको पालुङटार गाउँपालिका–४ घर भई पोखरा–६लेकसाइडस्थित होटल स्नोल्याण्ड डेरा गरी बस्ने १९ वर्षीय ममता तामाङ, मकवानपुर बाग्मती गाउँपालिका–८ घर भई काठमाडौं बुढानिलकण्ड नगरपालिका–७ बस्ने २३ वर्षीय रिना तामाङ र नवलपरासी मध्यविन्दु नगरपालिका १० घर भई पोखरा–६ लेकसाइड बस्ने अन्दाजी १९ वर्षीय जस्मिन ठकुरीलाई पक्राउ गरेको हो ।   


पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

बैतडीः  आसन्न निर्वाचनलाई  मध्यनजर गर्दै भारतसँग जोडिएको बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि सीमानाका बन्द हुने प्रमुख जिल्ला अधिकारी कृष्ण था...

थप पढ्नुहोस्

गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...

थप पढ्नुहोस्

काठमाडौंः  फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...

थप पढ्नुहोस्